कोरोना अपडेट : उपत्यकामा ६ सहित कुल ३१५ संक्रमित थपिए
नेपालखोज
२०७७ साउन १७ गते १६:४८
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । शनिबार पनि यहाँ ६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यसरी भेटिएकाहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका दुईजना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका एक जना र नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका एकजना र भक्तपुरका एकजना रहेका छन् ।
नेपालमा शनिबार ३ सय १५ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४ सय ९२ पुगेको छ । सक्रिए संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको छ ।
यस्तै आजसम्म कुल ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् । आजसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया