भारतकाे उत्तर प्रदेशमा काेराेना संक्रमणबाट क्याबिनेट मन्त्रीको मृत्यु
नेपालखोज
२०७७ साउन १८ गते १२:०७
काठमाडौं । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणका कारण क्याबिनेटमन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनलाई जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारका लागि लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी उनको आइतबार बिहान निधन भएको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज अयोध्या जाने कार्यक्रम स्थगित गरेका छन् ।
कमला रानी शिक्षामन्त्री थिइन् । सन् २०१७ मा बीजेपीले उनलाई कानपुर घाटमपुरबाट चुनावमा प्रतिस्पर्धा गराएको थियो । उनी गत वर्ष क्याबिनेटमन्त्री बनेकी थिइन् । (बीबीसीबाट)
सम्बन्धित
प्रतिक्रिया