बिहीबार, चैत ६, २०८१

छाडा प्रवृत्तिकाे गीत गाउनेलाई कालो सूचीमा राख्ने प्रतिष्ठानकाे निर्णय

नेपालखोज २०७७ साउन १८ गते १४:०४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा पछिल्लाे समय संस्कृति र संस्कार विरुद्ध (छाडा प्रवृत्तिकाे) गीत गाउनेलाई कालो सूचिमा राख्ने निर्णय गरेको छ ।

Advertisement

कालो सूचिमा राखेका कलाकारलाई प्रतिष्ठानका कुनै पनि कार्यक्रममा सहभागि हुन नदिने तथा प्रतिष्ठानबाट प्रदान हुने कुनै पनि सुविधा  बन्द गर्ने निर्णय समेत गरेको जानकारी दिएकाे छ ।

गीतमार्फत परम्परा एवंम संस्कारमा नै ह्रास पैँदा हुने अभद्रता प्रस्तुती प्रदर्शन गर्ने कलाकारको पहिचानका लागि प्रतिष्ठानले विकृति विसंगती न्यूनीकरण कार्यदल गठन गरेकोहाे । १३ जना सदस्य रहेकाे साे प्रतिष्ठानका उप महासचिव शिव हमालको संयोजकत्वमा कार्यदल गठन भएकाे हाे ।

कलाकारको काम, कर्तब्य र अधिकारबाहिर गएर कला, साहित्य, संस्कृति र संस्कारलाई भुलेर अभद्र गीतसंगीत गाउनेको पहिचान गर्दै कालो सूचिमा राख्न प्रतिष्ठान समक्ष सिफारिस गर्ने जनाएकाे छ ।

प्रतिष्ठानले केही कलाकारलाई पटक पटक बोलाएर सम्झउँदा पनि अटेर गरेको भन्दै नेपालकाे माैलिक गीतसंगीतको मर्ममै प्रहार भएकाे छ ।त्यसैले साे क्षेत्रमा नैतिकता नै सबैभन्दा ठूलो कानुन अर्काे हुन नसक्ने भन्दै प्रतिष्ठानले सेल्फ सेन्सरसिफमा हेक्का राख्नआग्रह गरेको छ ।

प्रतिक्रिया