थप २ सय ४६ जनामा काेराेना पुष्टि, निकाे हुनेकाे संख्या १ सय ११
नेपालखोज
२०७७ साउन १८ गते १६:३३
काठमाडाैं । पछिल्लाे २४ घण्टा यता नेपालभरी थप २ सय ४६ जनामा काेराेना पुष्टि भएकाे छ । याेसँगै काेराेना संक्रमितकाे संख्या २० हजार ३ सय ३२ पुगेकाे छ ।
देश भर २४ घण्टामा ८ हजार ८ सय ६१ जनामा गरिएकाे काेराेना परीक्षणमा २ सय ४६ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।
त्यस्तै पछिल्लाे २४ घण्टामा १ सय ११ काेराेना संक्रमितहरू उपचार पछि निकाे भएका छन् । याेसँगै हालसम्म काेराेनामुक्त हुनेकाे संख्या १४ हजार ६ सय ३ पुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गाैतमले बताएका हुन् ।
देशभर ५ हजार ६ सय ७२ सक्रिय संक्रमितकाे संख्या रहेका छन् भने काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५७ पुगेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया