बिहीबार, चैत ६, २०८१

काेराेना संक्रमण बढेसँगै बालबालिका र ज्येष्ठ नागरिकलाई घर बाहिर नजान मन्त्रालयकाे आग्रह

नेपालखोज २०७७ साउन १८ गते १७:०२

काठमाडौं । काेराेना भाइरसकाे संक्रमण बढेसँगै १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement

दिन प्रति दिन काेराेना भाइरस संक्रमणले जोखिम बढी रहेकाे भन्दै मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

१२ वर्ष मुनिका बालबालिका र ६० वर्ष उमेर ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बाहिर ननिस्कन भनेका हुन् ।

हालै मात्र परिवर्तन गरिएको नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९ ले ६० वर्ष उमेर माथिका व्यक्तिको पिसिआर परीक्षण गर्ने भएकाे छ ।

प्रतिक्रिया