अमिताभ बच्चनले कोरोना जिते
नेपालखोज
२०७७ साउन १८ गते २०:५४
एजेन्सी । बलिवुड दिग्दज अभिनेता अमिताभ बच्चनले कोरोना जितेकाछन् । आज गरिएको कोराना परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।
आज एक ट्विट गर्दै उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नो लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन् ।
गएको महिना कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसँगै छोरा अभिषेक बच्चन, बुहारी एश्वर्या राय बच्च र नातिनी आराध्य अस्पताल भर्ना भएका थिए । ऐश्वर्या र नातिनी आराध्या भने यसअघि डिस्चार्ज भएर घर गइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया