सोमबार, जेठ ७, २०८१

कोरोना नियन्त्रणमा गरेकाे खर्च भदौमा सरकारले सार्वजनिक गर्दै

नेपालखोज २०७७ साउन १९ गते १३:४२

काठमाडौं ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्चकाे विवरण भदौमा सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भदाैमा खर्च सार्वजनिक गर्ने बताउँदै सरोकारवाला सबै निकायबाट खर्च विवरण माग गरेको छ ।

सबै निकायले साउन मसान्तभित्र कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्च विवरण बुझाउन भनेकाे छ । सार्वजनिक समय भदौ तोकेर कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायबाट भएको खर्चको विवरण मागेको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ मा भएको खर्चको खर्चको विवरण भने चौमासिक रुपमा सार्वजनिक गर्न लागेकाे कार्यालयको जनाएकाे छ ।

सरकारले कोरोना रोकथाममा गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आलोचना भएसँगै कुनले कति खर्च गरे भन्ने तथ्यांक नै केन्द्रसँग नभएको पुष्टि भएको छ ।

याेभन्दा अगाडी कोरोना रोकथाममा सरकारले  १० अर्ब खर्च भएको भनेर सार्वजनिक गरेकाे थियाे ।

प्रतिक्रिया