पछिल्लाे २४ घण्टामा ४ सय १८ जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन १९ गते १६:३२

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर रहेका प्रयाेगशालामा गरिएकाे काेराेना भाइरस संक्रमण (पीसीआर) काे परीक्षण गर्दा थप  ४ सय १८ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लाे २४ घण्टा यता  ७ हजार ६३७ नमुना परीक्षणमा ४ सय १८ जनामा देखिएकाे जानकारी दिए ।

देशभर पछिल्लाे २४ घण्टामा  ३ सय ५८ जना कोरोनामुक्त भएका छन्, याेसँगै काेराेनामुक्त हुनेकाे संख्या १४ हजार ९ सय ६१ पुगेकाे छ ।

याेसँगै नेपालमा कुल काेराेना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ भने ५७ जनाको मृत्यु भइसकेकाे छ ।

 

 

 

प्रतिक्रिया