प्रधानमन्त्रीले लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा स्वास्थ्यविद्सँग छलफल गर्दै
काठमाडौं । कोरोना संक्रमणदर बढेसँगै लकडाउनबारे सल्लाह सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यविद्लाई छलफलका लागि बोलाएका छन् । मंगलबार बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा मृत्यु हुनेको संख्या पनि बढेको छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार थप कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य क्षेत्रका प्रतिनिधी बोलाएर प्रधानमन्त्रीले बालुवाटारमा छलफल गर्न लागेको जानकारी दिए ।
कोरोना संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी भइरहेको आगामी दिनमा यसअघिको जस्तो देशैभर लकडाउन नहुने उनले संकेत गरेका छन ।
नेपालमा सोमबार बेलुकासम्म २० हजार ७ सय ५० पुगेको कोरोना संक्रमित पुगेका छन् भने ५७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै निको भई घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ रहेको छ ।
गत जेठ २१ गते पनि प्रधानमन्त्रीले स्वास्थ्यविद्लाई बालुवाटार बोलाएर सुझाव लिएका थिए । स्वास्थ्यविद्को सुझावकै आधारमा सरकारले लकडाउन मोडालिटी परिवर्तन गरेको हो । आजको छलफलमा विपक्ष दलका नेताहरुको पनि उपस्थिति रहने निकट सचिवालयले जनाएको छ ।
प्रतिक्रिया