बिहीबार, वैशाख १३, २०८१

समृद्धिको अनलाइन चित्रकला प्रतियोगिता शुरु

नेपालखोज २०७७ साउन २१ गते १५:४८

काठमाडौं । समृद्धि स्कुलको आयोजना तथा योङ्ग पिकासो प्रस्तुतिमा स्कुल लेभल अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखि यस वर्ष एसईई परीक्षामा सामेल विद्यार्थीहरुले भाग लिन पाउनेगरी उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुले नेपालको संस्कृतिलाई विषय बनाई चित्र कोरी पठाउन सक्नेछन् । चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई १० हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने बालचित्रकारहरुलाई नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिने समृद्धि स्कुलका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले बताए ।

प्रतियोगितामा उत्कृष्ट ३० चित्रलाई जनजीवन समान्य भएपछि पाटन संग्राहलयमा प्रदर्शनिका लागि राखिने कार्यक्रम रहेको संयोजक अजय देशारले जानकारी दिए ।

प्रतियोगितामा प्रतियोगीले भर्नुपर्ने फर्म तथा नियमहरु इन्यूजपाना डटकममा राखिएको छ । इमेलमार्फत् चित्र पठाउनुपर्ने र उक्त चित्र मौलिक हुनुपर्ने, पठाइएको चित्रमा ग्राफिक्स गरिए वा कुनै प्रतियोगितामा भाग लिइएका चित्रहरु भए स्वतः प्रतियोगी बाहिरिने आयोजकले जनाएको छ ।

प्रतियोगीले आफ्ना चित्र आगामी श्रावण २५ गतेभित्र पठाउने सक्नेछन् ।

प्रतिक्रिया