मंगलबार, जेठ ८, २०८१

ओली – प्रचण्डबीच हुने भनिएको स्थायी कमिटी बैठक स्थगित

नेपालखोज २०७७ साउन २१ गते १८:०५

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल स्थगित भएको छ । बुधबार पाँच बजेका लागि तोकिएको अध्यक्षद्वयको छलफल स्थगित भएको र बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्ला दिनहरुमा पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल निरन्तर छलफलमा हुँदै आएको छ । तर, छलफलले कुनै निष्कर्ष दिन सकेका छैन। ओली दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुदै आएका छन् ।

दुई नेताबीच गत साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने बारे सहमति जुट्न सकेको छैन । नेकपाभित्रको विवादका कारण असार १० गते शुरू भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आइरहेको छ ।

प्रतिक्रिया