बिहीबार, वैशाख १३, २०८१

निर्वाचन अपडेट : अहिलेसम्म प्रमुख र उपप्रमुखमा अग्रता लिने पार्टीकाे विवरण

नेपालखोज २०७९ वैशाख ३१ गते ११:४९

काठमाडौं । देशभरका प्रायः सबै केन्द्रमा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार देशभरका स्थानीय तहको प्रमुखमा कांग्रेस अगाडि छ । यो समाचार तयार पार्दासम्म कांग्रेस ६२ वटा पालिका प्रमुखमा अग्रता लिइरहेको छ ।

यस्तै कांग्रेसले ५४ वटा स्थानीय तहको उपप्रमुखमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले ४४ वटा स्थानीय तहको प्रमुख पदमा अग्रता लिएको छ । ४१ उपप्रमुख पदमा अग्रता लिएको छ । यसैगरी नेकपा माओवादी केन्द्रले २५ वटा पालिका प्रमुखमा अग्रता लिएको छ ।

सो पार्टीले २२ वटा पालिकाको उपप्रमुखमा अग्रता लिएको जनाइएको छ । यस्तै जसपा नेपालले २ प्रमुख र २ उपप्रमुखमा अग्रता कायम गरेको छ । अन्य दलले भने यो समाचार तयार पार्दासम्म प्रमुख र उपप्रमुख पदमा अग्रता कायम गर्न सकेका छैनन् ।

अहिले कांग्रेसले २ वटा प्रमुख पद जितेको छ । उपप्रमुखमा तीन पद जितेको छ । यस्तै एमालेले प्रमुख चार र उपप्रमुख तीन पद जितेको छ । एकीकृत समाजवादीले प्रमुखमा दुई र उपप्रमुखमा एक पद जितेको छ । अन्य दलले विजयी हासिल गर्न सकेका छैनन्

प्रतिक्रिया