पार्टी एकताका क्रममा जिकज्याक भएपनि पदको झिनाझम्टी भएको छैन : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले आफूहरूले पार्टीमा पदको झिनाझम्टी नगरेको दाबी गरेका छन्।काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
अध्यक्ष प्रचण्डले आफूहरूले पार्टी एकता गर्दादेखि नै पदको त्याग गरेको दाबी गर्दै भने, यहाँ पदको झिनाझम्टी हो कि भन्ने कुरा छ। नेतृत्व लिने भन्दा पनि पद त्यागको रुपमा एकता गरेका हौँ।
पार्टीका हजारौँ नेता कार्यकर्ताको भविष्यसँग जोडिएको र देशको विषय भएकाले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद त्याग गर्न आग्रह गरिएको उनको भनाइ थियो।
उनले पार्टी एकताका क्रममा जिकज्याक भए पनि एकता गरेको उल्लेख गरेका थिए। उनले पार्टीमा पार्टीको अधीनमा व्यक्ति हुनेभन्दा पनि पार्टीको अधीनमा व्यक्ति हुनपर्ने धारणा राखेका थिए।
सोही कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीको गुट र पार्टीबीचको अन्तरविरोध विस्फोटन हुन लागेको बताएका थिए।
प्रतिक्रिया