मंगलबार, चैत ४, २०८१

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक आजबाट सुरु

नेपालखोज २०७७ साउन २१ गते १९:४५

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारदेखि सुरु भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी ९जसपा०कोे केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक आजदेखि सुरु भएको छ ।

Advertisement

ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो । बैठकको पहिलो दिन नेताहरुबीच परिचय आदानप्रदान भएको केन्द्रीय सदस्य मनिष सुमनले बताए ।

उनले पार्टीको राजनीतिक प्रतिवेदन, अनुशासन आचारसंहिता, पार्टीको समायोजन कार्य निर्देशिका र समसामयिक राजनीतिक परिस्थितिलगायतका विषय बैठकको एजेण्डा रहेको बताए । बैठकमा दुई पार्टीको एकतापछिको सङ्गठन समायोजन र पदाधिकारीको कार्य विभाजनका सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया