उपत्यकामा आज यस वर्षकै सर्वाधिक गर्मी
नेपालखोज
२०७७ साउन २१ गते २०:११
काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा गर्मी भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठमाडौंमा बुधबार यो वर्षकै सबैभन्दा बढी ३३ दशमलब ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ ।
विराटनगरको तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ भने जनकपुर, सिमरा र दिपायलमा ३७ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । गर्मीका कारण समग्र तराइ क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ ।
तराईका जिल्लामा समेत वर्षा कमी भएपछि गर्मी बढेको हो । तराईका जिल्लामा तापक्रम ३३ देखि ३८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया