शुक्रबार, चैत १६, २०८०

‘काले केटा–२, म हिड्दा खेरी हिड्छ’ (भिडियाेसहित)

नेपालखोज २०७७ असोज २४ गते २१:२५

काठमाडौं । शब्दलाई संगीतको सागरमा उतार्न खप्पिस संगीतकार अर्जुन पोखरेलले फेरी अर्को म्यूजिक भिडियोमा आफ्नो खुवी प्रस्तुत गर्दै ध्रुवप्रसाद अम्गाईका शब्दलाई उनले काले केटा–२ ‘म हिड्दा खेरी हिड्छ’ म्यूजिक भिडियोमा संगीतमय बनाएका छन् ।

गायिका दुर्गा खरेलको स्वरमा रहेको उक्त गीतमा प्रताप दासले साथ दिएका छन् । गायिका खरेलको स्वर नायिका पुजा शर्मालाई ठ्याक्कै मिलेको छ । पल शाह र आकाश श्रेष्ठ अनि पुजा शर्माको अभिनयले म्यूजिक भिडियोलाई पूर्णता दिएको छ भने फिचर्डमा शंकर शाही ठकुरी रहेका छन् । भिडियो हेर्दा आफैं नाचुँनाचुँ लाग्ने संगीतमा अर्जुन पाखरेलकै एरेन्ज रहेको छ । गायिका दुर्गा खरेलले यसअघि गाएको ‘काले केटा’ निकै चर्चित भएको थियो ।

विधान कार्कीको निर्देशन तथा माधव शर्माको सहायक निर्देशनमा उत्सव दाहालले भिडियोलाई क्यामेरामा कैद गरेका हुन् भने विकास दाहालले सिर्जनात्मक सम्पादन तथा रंग संयोजन गरेको यो म्यूजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । भिडियो दी डिभाइन म्यूजिकले आफ्नो अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेको हो ।

प्रतिक्रिया