भैंसीसहित मानिस पक्राउ
नेपालखोज
२०७७ साउन २१ गते २१:०५
पर्सा । भारतबाट अवैध रुपमा भैंसी ल्याउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको अवज्ञा गरी ना ७ ख ४९५९ नं. को मिनीट्रकमा १ दर्जन भैंसीसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मंगलबार राति पौने १२ बजे जिप्रका पर्साबाट खटिएको टोलीले बीरगञ्ज १७ मा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको ६ वटा भैंसी र ६ वटा पाडासहित ट्रक चालकलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका ट्रक चालक बीरगञ्ज–३०, प्रसोतीपुर बस्ने वर्ष १९ को एकवाल सहनी रहेको जनाइएको छ । करिब २३ लाख ७२ हजार मुल्य बराबरको ट्रक र भैंसीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सम्बन्धित








प्रतिक्रिया