सुनको मूल्य आज फेरि ११ सयले बढ्यो
नेपालखोज
२०७७ साउन २२ गते १०:५८
काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार १ सय रुपैयाँले बढेको हो।
योसँगै सुनको मूल्य बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढको छ। बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको बिहीबारको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ छ।
सम्बन्धित
प्रतिक्रिया