काँग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी
काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा जारी छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छ ।
आज बिहान १०ः १५ बजेदेखि बैठक चलिरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकमा कोरोनाको बढ्दो संक्रमण र पार्टीको १४ औँ महाधिवेशनबारे पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल हुने उनले बताए ।
छलफलमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सितादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु गोपानमान श्रेष्ठ, अर्जुननरसिंह केसी रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी छन् ।
सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य मापदण्डमा कडाइ गरेपछि महाधिवेशनका गतिविधिमा अवरोध हुने देखिएकाले देउवा शीर्ष नेतासँग छलफलका जुटेका हुन् ।
आउन १० गतेदेखि जारी पार्टीको क्रियाशील सदस्यता वितरण तथा नविकरण लागायतका गतिविधिमा कोरोना प्रभावबारे पनि छलफल भइरहेको छ । कोरोनाको बढ्दो जोखिमकाबीच महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको भानुले बताए ।
प्रतिक्रिया