प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवलाई कोरोना पुष्टि
काठमाडाैं। प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको पीसीआर परीक्षण रिपोर्टमामन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीसीआर) एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएकाे छ ।
काठमाडौंबाट केही दिन अगाडी मात्र फर्किएका मन्त्री यादवले यता हुँदा शिर्ष नेता कार्यकर्ता, सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री देखि प्रधानमन्त्रीसम्म भेटवार्ता गरेका थिए । काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखिएकाे हाे
उनी प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायतकाे उपस्थिति थियाे ।
प्रतिक्रिया