मंगलबार, जेठ ८, २०८१

काेराेना संक्रमित बढेसँगै सुनसरीमा निषेधाज्ञा जारी

नेपालखोज २०७७ साउन २२ गते १२:३३

इनरुवा । सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रशासकीय अधिकृत  चिरन्जिवि भट्टराईले जानकारी दिए ।

काेराेना संक्रमण फैलिएसँगै सडकमा भीडभाड भएसँगै लकडाउन उल्लङ्घन गरेकाे भन्दै साे प्रेस विज्ञप्ती जारी गरेकाे हाे । पछिल्ला दिनमा बढ्दाे कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको भट्टराईले बताए ।

निषेधित क्षेत्र घोषणा भएपछि सर्वसाधारणलाई घर बाहिर निस्किएर हिँडडुल गरेको पाएमा सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत आग्रह गरे । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कन समेत अपिल गरेको छ  ।

 

प्रतिक्रिया