२१० पालिकामा कांग्रेस विजयी, एमाले र माओवादी पछ्याउँदै
काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म २१० पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।
यो समाचार तयार पार्दासम्म ११३ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १३० वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ६४ पालिकामा भने एमाले अग्रस्थानमा छ ।
माओवादी केन्द्रले ९२ पालिका प्रमुखमा जित निकालेको छ । २६ स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले सातवटा गाउँपालिकाको अध्यक्ष जितेको छ । १३ पालिकामा अग्रस्थानमा छ ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले आठ पालिका प्रमुख जित निकालेको छ भने २५ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा १० स्थानको पालिका प्रमुखमा अगाडि छ ।
प्रतिक्रिया