आइतबार, चैत ९, २०८१

पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन २२ गते १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टा यता देशभर ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

२४ घण्टा यता देशभर ६ हजार ६ सय २२ जनामा गरिएको कोरोना परीक्षण गरिएकाेमा थप ३ सय ६० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको बिहीबारको नियमित प्रेस विफ्रिङमार्फत प्रवक्ता डा गौतमले बताए ।
पछिल्लो २४ घण्टा यता जनामा कोरोनामुक्त संख्या २ सय ३३ पुगेकाे छ । हालसम्म देशभर काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या  १५ हजार ३ सय ८९ पुगेको छ ।
२४ घण्टा यता काेराेनाबाट ५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ६५ पुगेकाे छ ।

प्रतिक्रिया