बिहीबार, जेठ ३, २०८१

सुनकाे भाउ घट्याे, चाँदीको स्थिर

नेपालखोज २०७९ वैशाख २० गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन भाउकाे घट्याेकाे छ, भने चाँदिकाे स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला एक हजार रूपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि एक हजार रूपैयाँले घटेको छ । आज तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर छ । आज चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया