मंगलबार, जेठ १५, २०८१

कपिलवस्तुमा भोलीदेखि निधेषाज्ञा

नेपालखोज २०७७ साउन २२ गते २१:०८

कपिलवस्तु । कपिलवस्तु प्रशासनले १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ। कोरोना संक्रमण समुदायस्तरमै फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुसहित संक्रमित बढ्न थालेपछि शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ। अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्था र सार्वजनिक यातायातका सवारी साधन पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ।

निजी सवारीका हकमा भने मोटरसाइकल र स्कुटर जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन गर्न दिइने भएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद् ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३ ० तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए। सजगता अपनाई संक्रमणको विस्तारलाई रोक्न सो निर्णय गरिएको उनले बताए।

प्रतिक्रिया