शनिबार, जेठ ५, २०८१

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखोज २०७९ भदौ ५ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन आज प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया