तीनवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना
नेपालखोज
२०७७ साउन २३ गते ७:२२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशका केहि स्थानमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले नेपालमा अझै पनि मनसुन पूर्वको स्थानीय मौसमी गतिविधि सक्रिय रहेको जनाएको छ । भारतीय क्षेत्रबाट आएको मौसमी प्रणाली पश्चिमबाट मध्य क्षेत्र सर्ने क्रम रहेको विभागले जनाएको छ ।
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया