सोमबार, वैशाख १५, २०८२

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

नेपालखोज २०७७ साउन २३ गते १२:४२

काठमाडाैं । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाई शुक्रबार बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए ।

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उनले  । सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ धादिङको चरौँदी र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम भएकाे थियाे ।

प्रतिक्रिया