आइतबार, चैत ९, २०८१

पछिल्लो २४ घण्टा यता ४ सय ६४ जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन २३ गते १६:३४

काठमाडौं । पछिल्लो २४ घण्टा यता देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

२४ घण्टा यता देशभर ७ हजार ९ सय २६ जनामा गरिएको कोरोना परीक्षण गरिएकाेमा थप ३ सय ६० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको शुक्रबारको नियमित प्रेस विफ्रिङमार्फत प्रवक्ता डा गौतमले बताए ।

हालसम्म ७० जनाकाे काेराेनाबाट नै मृत्यु भएकाे पुष्टि भएकाे बताउँदै विगत केही दिन यता मृत्युदर  बढेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया