उपत्यकाका सीडीओले गरे अत्यावश्यक बाहेक अन्य सेवा १५ दिनका लागि बन्द

नेपालखोज २०७७ साउन २३ गते १७:३५

काठमाडौं । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

पछिल्ला दिनमा कोरोना स‌ंक्रमण बढेको भन्दै  ‘शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।

अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने विषय छलफल रहेको र यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्न पाउँने जानकारी दिए ।

कोरोनाको जोखिमबाट टाढा रहनका लागि मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने जनाएको छ ।

प्रतिक्रिया