मंगलबार, चैत ४, २०८१

इंग्ल्यान्ड टिमको भारत भ्रमण २०२१ सम्मका लागि स्थगित

नेपालखोज २०७७ साउन २३ गते १९:५१

काठमाडौं । भारत र इंग्ल्यान्डबीचको एक दिवसीय र टी–२० क्रिकेट सिरिज स्थगित भएको छ। आज भारतीय क्रिकेट बोर्ड ९बिसिसिआई० ले २०२१ सम्मको लागि भारत र इंग्ल्यान्डको एक दिवसीय र टी–२० क्रिकेट सिरिज स्थगित भएको जानकारी दिएको हो।

Advertisement

पूर्व निर्धारित तालिकाअनुसार आउँदो सेप्टेम्बर र अक्टोबरमा भारत र इंग्ल्यान्डबीच ३ खेलको एकदिवसीय र ३ खेलकै टी–२० क्रिकेट सिरिज थियो। यही समयमा आइपिएलको प्रतियोगिता हुँदा अन्तर्राष्ट्रिय सिरिज सारिएको बिसिसिआईले उल्लेख गरेको छ।

अब २०२१ को जनवरी अन्तिमदेखि मार्चभित्र इंग्ल्यान्डले पाँच खेलको टेस्ट क्रिकेट सिरिज खेल्न भारत भ्रमण गर्नेछ। त्यही बेला एकदिवसीय र टी–२० सिरिज हुने भएको छ।

इन्डियन प्रिमियर लिग ९आइपिएल० युएईमा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। कोरोना भाइरस ९कोभिड–१९० को कारण भारतले यस वर्ष युएईमा आइपिएल गर्न लागेको हो।

प्रतिक्रिया