अब जग्गा नापजाँच डिजिटल प्रविधिबाट हुने
काठमाडौं । अब जग्गा नापजाँच डिजिटल प्रविधिबाट हुने भएको छ । नापी विभागले जग्गामा हुने विवाद समाधान गर्न जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको हो ।
यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने साथै साँध सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने बताइएको छ । नापी विभागकाअनुसार यसै महिनादेखि देशभर नै नयाँ प्रक्रिया लागूभएको छ ।
विभागका निर्देशक दामोदर ढकालले साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्ति अब अन्त्य हुने बताए । उनकाअनुसार, अहिले नाप जाँचमा योग्य दक्ष कर्मचारी भित्रिएका छन् ।
उनले भने, ‘डिजिटल पद्धतिको नाप जाँच प्रविधि भित्रिएको छ, उहिल्यैको जस्तो अब छैन । ’विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साबिकको अवस्था अहिले नमिल्न सक्छ, कतिपय स्थानमा यो मिलेको छैन, यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुने निर्देशक ढकालको भनाइ छ ।
प्रतिक्रिया