उपत्यकाका क्वारेन्टाइनलाई आइसोलेसन सेन्टर बनाउन प्रस्ताव
नेपालखोज
२०७७ साउन २३ गते २१:३६
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको जोखिम व्हात्तै बढेको छ । विशेष गरेर उपत्याकामा संक्रमितको संख्या बढेपछि शुक्रवार तीनवटै जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखहरूको बैठक बसेको थियो ।
बैठकले उपत्याकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गरियो । सोही बैठकले उपत्याकामा बनाइएका क्वारेन्टाइनलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव तयार गरेर कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीमसी) मा पठाउने निर्णयसमेत गरेको छ ।
बैठकले निजी अस्पतालहरूलाई पनि आइसोलेसन सेन्टर बनाउने प्रस्ताव तयार पारेको हो । त्यस्तै काठमाडौँ उपत्याकाभित्र रहेका स्थानीय निकायहरूलाई पनि क्वारेन्टाइन बनाउन निर्देशन दिने प्रस्ताव सीसीएमसीमा गएको छ ।
सम्बन्धित

प्रतिक्रिया