आइतबार, वैशाख ७, २०८२

पाेखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ साउन २५ गते ९:०६

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

१७ गतेदेखि आईसीयूमा उपचाररत कास्की पोखरा महानगरपालिका १९ निवासी ६२ वर्षीय पुरुषको गएराति उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह–प्राडा अर्जुन आचार्यले जानकारी गराए । यस प्रतिष्ठानमा कोरोनाका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया