शुक्रबार, चैत ७, २०८१

पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन २५ गते १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टा यता देशभर ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

आइतबार देशभरका ३७ वटा प्रयाेगशालामा गरिएकाे काेराेना परीक्षण थप ३ सय ८० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको प्रेस विफ्रिङमार्फत प्रवक्ता डा गौतमले बताए । नेपालभरी  कोरोना संक्रमणबाट मुक्त हुनेकाे संख्या १६ हजार ३ सय ५३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया