कांग्रेसले नै समावेशीताको प्रारम्भ गरेको हो : सभापति देउवा
नेपालखोज
२०७७ साउन २५ गते २०:०५
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नै समावेशीताको प्रारम्भ गरेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी रहेको उल्लेख गरे।
कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण भइसकेको उल्लेख गर्दै उनले कांग्रेस नेपाली समाजमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक एवं क्षेत्रीय विविधतालाई नेपाली राष्ट्रियताको धरोहर मान्ने गरेको बताए।
विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना दिँदै सभापति देउवाले सबै जाति, समुदाय, भाषा, संस्कृतिको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिने’ नीतिको अख्तियार पनि कांग्रेसले नै गरेको बताए।
सम्बन्धित

प्रतिक्रिया