शनिबार, वैशाख १३, २०८२

नागरिकहरुको जीवन रक्षाका लागि ११ अर्ब ठूलो कुरा हैन: बसन्त चौधरी

नेपालखोज २०७७ साउन २६ गते ११:०६

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै यसको नियन्त्रणको लागि नीजि तथा सरकारी निकायहरु लागेका छन । बढ्दो कोरोना संक्रमणले रोकथाम तथा नियन्त्रणमा सरकार केन्द्रीत हुन जरुरी रहेकाे भन्दै उद्योगपति बसन्त चौधरीले नागरिकहरुको जीवन रक्षाका लागि ११ अर्ब ठूलो कुरा नभएको बताएका छन् ।

उनले ट्वीटमार्फत् ‘अनिश्चित सहयोग प्राप्त हुने आसमा हात पसारेर समय खेर फाल्नुभन्दा अनावश्यक खर्च कटौती गरी आवश्यक पर्ने भ्याक्सिन तत्काल सुरक्षित गरिहाल्ने पो हो कि ? नागरिकहरुको जीवन रक्षाका लागि ११ अर्ब ठूलो कुरा हैन ! नोटः ट्वीट पढेर उफ्रिहाल्नु पूर्व कृपया ठन्डा दिमागले सोचिदिनुहोला है मित्रहरु ।’ लेखेका छन् ।

सरकारले निजी संस्थासँग सहयोगको अपेक्षा राख्दै आएको र योभन्दा अगाडी कोरोना भाइरस नियन्त्रणका लागि उद्योगप्रतिष्ठान तथा वित्तिय संस्थाहरुले नि सहयोग गरेका थिए ।  हालका लागि प्राथमिकतामा नपरेको क्षेत्रमा आर्थिक वर्ष २०७७/७८का लागि छुट्याएको बजेट कोरोना व्यवस्थापनका लागि प्रयोग गर्न सरकारलाई सांसदको मात्र नभई सर्वसाधारणहरुको पनि सुझाव छ ।

तर सरकारले यो अवस्थामा पनि सामाग्री किन्नका लागि सहयोगको आशा गर्नु समय सान्दर्भिक नभएको भन्दै आइरहेका छन् । आवश्यक विहिन आयोजनाका लागि करोडौं रुपैयाँ लगानी गर्ने सरकारले हाल कोरोना नियन्त्रण तथा व्यवस्थापन खर्चका लागि हात कमाइरहेको छ ।
करिब ३ करोड जनसंख्या रहेकोमा हालसम्म साढे चार लाख पनि पीसीआर परीक्षणको हुन सकेको छैन् ।

स्वास्थ्यविद्हरुले पटकपटक परीक्षणको दायरा बढाउँन भन्दै आएपनि सरकारले लागु गरेको छैन । राम्रो खालको भेन्टिलेटरको व्यवस्थापन गर्नतर्फ सरकारको ध्यान छैन ।  गत चैत ११ गतेदेखि देशभर करिब ४ महिना सरकारले कोरोना रोकथामका लागि भनेर लकडाउन त गर्याे तर कोरोना नियन्त्रण गर्न सकेन ।

हाल दिन प्रति दिन कोरोना संक्रमित बढ्दो छन् तर यहाँ मानिसलाई रोगको भन्दा नि भोकको डरमा रुमलिन बाध्य छन् ।  सरकारले गर्ने एकतर्फी निणर्यले धेरैको स्वास्थ्य धरापमा रहेको छ ।

 

प्रतिक्रिया