शनिबार, वैशाख १३, २०८२

सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार

नेपालखोज २०७७ साउन २६ गते ११:३९

काठमाडौं । सुनको मूल्य सोमबार केही मात्रमा पुनः घटेको छ। आइतबार प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन २ सय रुपैयाँ घटेर तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई सय रुपैयाँ घटेर १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि साउन ७ देखि २५ गतेसम्म सुनको मूल्य लगातार उकालो लागेको थियो । भने हाल कारोबार शुन्य भइरहेको व्यवसायीहरुले गुनासो गर्दै आइरहेका छन् ।

आइतबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया