मंगलबार, वैशाख १८, २०८१

काठमाडौं महानगरका २ वडामा अत्यावश्यक बाहेकका व्यवसाय बन्द

नेपालखोज २०७७ साउन २६ गते १६:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा दिने बाहेकका पसल र उद्योग व्यवसाय बन्द गर्न सूचना जारी गरेको छ ।

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले १२ र २१ वडामा अत्यावश्यक औषधि , पानी, खाद्यान्न पसल मात्रै टाेकिएकाे समयमा खोल्न व्यवसायीहरुलाई आग्रह गर्दै महानगरले साेमबार सूचना जारी गरेकाे हाे ।

ती स्थानमा खाद्यान्न पसल पनि बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । त्रिपुरेश्वरदेखि टेकुसम्म वडा नम्वर १२ र २१ वडा लगनटोलमा पर्छ ।

 

प्रतिक्रिया