आइतबार, चैत ९, २०८१

धनगढीका कोरोना संक्रमित फरार

नेपालखोज २०७७ साउन २७ गते ८:४३

धनगढी । धनगढी उपमहानगरपालिकाका एकजना कोरोना संक्रमित १९ दिनदेखखि सम्पर्कविहीन छन्। साउन ८ मा सेती प्रादेशिक अस्पतालमा स्वाब संकलन गराएका एक पुरुष अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

Advertisement

उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्बर ५ का २८ वर्षीय पुरुषमा साउन १६ गते संक्रमण पुष्टि भएको थियो।

नगरपालिकाको टिम, वडाध्यक्ष र प्रहरीले खोजी गर्दा समेत फेला पार्न नसकिएको उपाध्यायले बताए। संक्रमित पुरुषको फोन नउठ्ने कारण फेला पार्न नसकीएको उनले बताए।

यस्तै, आइतबार संक्रमण पुष्टि भएका वडा नम्बर ८ का ४० वर्षीय पुरुष पनि सम्पर्कविहीन रहेको उपाध्यायले जानकारी दिए। संक्रमित देखिएका पुरुषले शुक्रबार सेती अस्पतालमा स्वाव संकलन गराएका थिए। उनीहरु दुवैजना सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ।

प्रतिक्रिया