मंगलबार, असार १७, २०८२

पर्सा र बारामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ साउन २७ गते ९:२२

पर्सा । पर्सा र बारामा गरी थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टिभएको छ। पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका ४ जनामा कोरोना संक्रमण पाइएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायकाअनुसार त्यसमा डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण छन्।

‘तीमध्ये नेसनल मेडिकल कलेज (वीरगन्ज) का २ चिकित्सकसहित ३ जना, नारायणीका ३ स्टाफ नर्स र २ कार्यालय सहयोगी र एक जना सशस्त्र प्रहरी छन्,’ डा. उपाध्यायले मंगलबार बिहान नेपालखबरसँग भने, ‘वीरगन्जकै भवानी हस्पिटलका पनि ६ कर्मचारी छन् तर ती चिकित्सक हुन् वा के भन्ने खुलाइएको छैन्।’ उनकाअनुसार संक्रमितमा २२ महिला र अरू पुरुष छन् भने ३ वर्षदेखि ७६ वर्षसम्मका छन्।

प्रतिक्रिया