शनिबार, वैशाख १३, २०८२

तोलामा ८ सय रुपैयाँले घट्यो सुन, १ लाख १ हजार ६ सयमा कारोबार

नेपालखोज २०७७ साउन २७ गते ११:४२

काठमाडौं । मंगलबार पनि सुनको मूल्य केही मात्रमा पुनः घटेको छ। सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन मंलबार प्रतितोला १ लाख १ हजमार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

यस्तै सोमबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ८ सय रुपैयाँ घटेर १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि साउन ७ देखि २५ गतेसम्म सुनको मूल्य लगातार उकालो लागेको सुनको मूल्य यो साता भने केही मात्रामा घटेको छ ।  त्यस्तै चाँदी भने २५ रुपैयाँ बढेर तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

हाल कारोबार शुन्य भइरहेको व्यवसायीहरुले गुनासो गर्दै आइरहेका छन् ।

प्रतिक्रिया