मंगलबार, वैशाख १८, २०८१

वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा बन्द

नेपालखोज २०७७ साउन २७ गते १६:१०

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने भएकाे छ ।

धरानस्थित उक्त प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेकाे अस्पतालका सहायक निर्देशक डा‍. विकास साहले जानकारी दिए ।

कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्णरुपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसरभित्र समेत कोरोना संक्रमण भेटिएकाले संक्रमण फैलिन नदिन ओपीडी सेवा बन्द गर्ने निर्णय गरिएको व्यवहाेरा जनाउँदै प्रतिष्ठानले मंगलबार सूचना जारी गरेकाे हाे ।

प्रतिक्रिया