शुक्रबार, वैशाख ७, २०८१

अख्तियार प्रमुख नवीन घिमिरेलाई काेराेना संक्रमण

नेपालखोज २०७७ साउन २७ गते १८:५२

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण देखा परेको छ । केहीदिन अगाडि मात्र आयोगमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना देखिएपछि आयोग हातालाई शिल गरिएको थियो ।

मंगलबार घिमिरेलाई पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले नेपालखोजलाई जानकारी दिएको छ । स्रोतका अनुसार घिमिरेका अंगरक्षक र सवारी चालकलाई यसअघि नै कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया