शुक्रबार, वैशाख १४, २०८१

‘भेरोसेल’ लिन नेपाल वायुसेवा निगमको विमान आज चीन जाँदै

नेपालखोज २०७८ साउन ६ गते १४:१६

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमान आज चीन भएको छ ।

चिनियाँ खोप उत्पादक कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने भएपछि जहाज आज राति ११ बजे चीन जाने भएको हो । विमान भोलि खोप लिएर काठमाडौं आइपुग्ने छ ।

निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिएका छन् । यस्तै भोलि पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । चीन सरकारसँग ननडिस्क्लोलर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।

सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।

यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि सरकारले खोप ल्याइरहेको छ । सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो ।

यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो । यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया