संसारमै पहिलो पटक कोरोना विरुद्धको खोप दर्ता : पुटिन

नेपालखोज २०७७ साउन २७ गते २१:४२

जेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस विरुद्धको ‘विश्वकै पहिलो’ खोप स्वीकृति दिएको बताएका छन्। उनले संसारमै पहिलो पटक कोरोना भाइरसविरुद्ध खोप दर्ता गरिएको रुसी सरकारी टिभीमा बताएका हुन्।

मस्कोस्थित गामालेया इन्स्टिच्युटद्वारा विकसित गरिएको सो खोपलाई स्पुटनिक-५ नामकरण गरिएको छ। उक्त नाम सोभियत संघद्वारा सन् १९५७ मा प्रक्षेपण गरिएको विश्वको पहिलो उपग्रहबाट लिइएको हो।

खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको छ। रुस अब यो खोप मानिसलाई लगाउन सुरु गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया