शनिबार, वैशाख १३, २०८२

कराँतेको ओलम्पिक तयारी स्थगित

नेपालखोज २०७७ साउन २८ गते ९:५७

काठमाडाैं ।  जापानको टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित भएका छ । विश्वभर महाामारीकाे रुपमा विस्तार भएकाे  कोरोना भाइरसको कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो ।

कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको जानकारी दिए । खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना सङ्क्रमित भएको खबर प्राप्त भएकाले नेपाल सरकारको निर्देशनको पालना गर्दै कराँते प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्ट ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराँते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो ।कराँते खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराँते एकेडेमीमा अभ्यास गर्दै आएका थिए ।

प्रतिक्रिया