रिलायन्स लाइफको आइपीओ भदौ ४ देखि खुल्दै
काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सकाे आईपीओ आगामी भदौ ४ गतेदेखि निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले ५६ हजार ७० कित्ता सेयर बिक्री गर्ने निर्णय गरेकाे छ । हाल जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले प्रतिकित्ता एक सय रुपैयाँमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आइपिओ बिक्री नभएमा ढिलो अवधिमा भदौ २२ गतेसम्म आवेदन भर्न सकिने छ । आवेदकहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आइपिओ बिक्रीका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर ४८.४५ प्रतिशतले नाफा वृद्धि भएको हाे ।
प्रतिक्रिया