बिहीबार, चैत ६, २०८१

मकवानपुरमा फेला पर्याे पत्रकार बानियाँको शव

नेपालखोज २०७७ साउन २८ गते १५:०१

काठमाडौं । बेपत्ता बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ । सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव मकवानपुरको सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो ।

Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौंमा परिवारले बनियाँ बेपत्ता भए ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बानियाँ शव फेला परेको पुष्टि गर्दै भने–‘उहाँको शवलाई अहिले हेटौँडा अस्पतालमा लगिएको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पुर्याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया