मंगलबार, असार १७, २०८२

धरानमा पाँच दिन लकडाउन थपियो

नेपालखोज २०७७ साउन २८ गते १६:०९

काठमाडौं । धरान उपमहानगरपालिकाले थप पाँच दिनका लागि लकडाउन थपेकाे छ ।

बुधबार बसेको कार्यपालिकाको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको भर्ना नलिएकाले लकडाउनको अवधि थप गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिए ।

‘धरानबाहिरबाट दुध, तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने निर्णय भएको छ,’उनले भने,‘धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध तथा तरकारी सहजीकरण गरिनेछ तर दोकान खोल्न पाइने छैन । डोकोमा घरमा तरकारी लैजान पाइन्छ ।’

संक्रमणबाट सर्तकता अपनाउनु पर्ने भएकाले कार्यपालिकावाट निर्णय गरिएको मेयर राईले बताए । यसअघि धरान उपमहानगरपालिकाले बुधवारदेखि आजसम्म एक साताका लागि लकडाउनको अवधि जारी गरेको थियो ।

प्रतिक्रिया